खेलकुद

अमेरिका संकटमा, नेपललाई गुलशनले दिलाए सातौं सफलता

बिज्ञापन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध गुल्सन झाले नेपाललाई सातौ सफलता दिलाएका छन् ।

बिज्ञापन

गुलशन झाले ३६ ओभर ४ बलमा निसार्ग पटेललाई आसिफ शेखबाट क्याच आउट गराउँदै नेपालका लागि सातौं विकेट लएका हुन् ।

टस जितेर बलिङ थालेको नेपालले नेपालले सुरुआतदेखिनै अमेरिकामाथि दबाव बनाएको थियो । पावर प्लेमा उत्कृष्ट बलिङ गर्दै करण केसी एक्लैले ४ विकेट लिएपछि अमेरिका संकटमा परेको थियो ।

त्यसपछि, दीपेन्द्रसिंह ऐरीले अघिल्लो खेलमा वेस्ट इन्डिज विरुद्ध शतक प्रहार गरेका गजानन्द सिंहलाई आउट गरेपछि अमेरिकाको शिर्ष क्रम धरापमा परेको थियो । लगातार विकेट जाँदा अमेरिकाको इनिङ सम्हालिरहेका सुशान्त मोदानीलाई पनि ललित राजवंशीले बोल्ड गरेपछि अमेरिका संकटमा परेको हो ।

यो समाचार लेखिसक्दा अमेरिकाले ३८ ओभरमो समाप्तिमा ७ विकेट गुमाएर १ सय ३४ रन जोडेको छ ।

समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा हार बेहोरेका दुवै टिम पहिलो जितको खोजीमा छन् ।

यसअघि, पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिकाले पनि दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग ३९ रनको हार बेहोरेको थियो ।

छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

बिज्ञापन