खेलकुद

नेपालद्वारा युएई-ए तीन विकेटले पराजित

बिज्ञापन

काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएईको ‘ए’ टिमलाई ३ विकेटले पराजित गरेको छ । प्रतियोगिताको अन्तिम खेलमा युएईले नेपाललार्य दिएको १५८ रनको लक्ष्य ७ विकेटको क्षतिमा २३ ओभरमा पूरा गर्दै जित हासिल गरेको हो ।
नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । उनले ४३ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ७१ रन जोडे। अर्का ओपनर अर्जन साउद भने डकआउट भएका थिए ।

बिज्ञापन

नेपालका लागि देव खनाल र सन्दीप जोराले २४–२४ रन जोडे। कप्तान रोहित पौडेल ९ रन, गुल्सन झा ११ रन र पवन सर्राफ शून्यमा आउट भए। प्रतिश जिसीले ३ बलमा नटआउट ८ रन जोडे भने बलिङमा युएईका फराजुद्दिनले ५ विकेट लिए ।
यसअघि श्रीलंकाको कोलम्बोस्थित सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमा अलआउट भए । युएईका लागि ओपनर लवप्रित सिंहले अर्धशतक प्रहार गरे। कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले ८२ बलमा ५२ रन जोडे ।

बलिङमा नेपालका कुशल भुर्तेलले ६ विकेट लिन सफल भए । उनले १० ओभरमा ४० रन खर्चिए । यस्तै श्याम (मौसम) ढकालले २ विकेट लिए । उनले ९ ओभरमा ४४ रन खर्चिए । कुशल मल्ल र पवन सर्राफले १–१ विकेट लिन लिए ।
नेपाल र युएई दुवै टिम यसअघि नै समूह चरणबाट बाहिरिएका थिए। दुवैलाई भारत र पाकिस्तानको ‘ए’ टिमले पराजित गरेका थिए ।

समूहबाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् । दुवै टिम समूह विजेताका लागि बुधबार (आज) भिडिरहेका छन् ।

बिज्ञापन