खेलकुद

विश्वकप छनोट : नेपाल र युएईबीचको खेल रद्द

बिज्ञापन

काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ । क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा तय खेल वर्षाका कारण सुरु नभई रद्द भएको हो ।

बिज्ञापन

खेल नभएपछि दुवै टोलीले एक-एक अंक पाएका छन् । यसअघि समूह ‘ए’ मा लगातार चार खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरिसकेको नेपाल र युएईले समान ९ अंक जोडे । तर नेट रनरेटका आधारमा युएई शीर्ष स्थानमा रहँदै समूह्य विजेता बन्दा नेपाल समूह उपविजेता बन्यो ।

अब नेपालले समूह ‘बी’ को विजेतासँग र युएईले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । समूह ‘बी’ बाट थाइल्याण्ड र हङकङ सेमिफाइनल पुगेका छन् । आजै यस समूहका हङकङ र थाइल्याण्ड तथा कुवेत र म्यानमारबीच खेल हुँदैछ । त्यसपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टिम महिला टी-२० विश्वकपको लागि ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

बिज्ञापन