राष्ट्रिय समाचार

धनगढी उडेको श्रीएयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्काइयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आइतबार काठमाडौंबाट धनगढी उडेको श्रीएयरलाइन्सको जहाजमा समस्या देखिएपछि पुन: काठमाडौं नै फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेननाथ सिटौलाले बिहान ७:५० मा उडेको श्रीको जहाज ८:२० मा पुन: त्रिभुवन विमानस्थलमा फर्काएर ल्याण्ड गरिएको बताए । जहाजमा प्रेसराइजेसनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको उनले बताए ।

बिज्ञापन

जहाजमै केही समस्या हो वा कुनै त्रुटिले भएको हो भन्ने विषयमा अध्ययन हुने उनले बताए । जहाजमा ७९ जना यात्रु थिए । ती यात्रुलाई अर्कै जहाजमा राखेर धनगढी पठाउने तयारी भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।