बालेन शाहविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना गरेको भन्दै कारवाहीको मागसहित निवेदन दर्ता गराएका हुन् । उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ ।

केही दिनअघि भारतीय चलचित्रलाई नेपाली हलमा चलाउन नदिने मेयर शाहको निर्णय विरुद्ध उच्च अदालतले आदेश दिएको थियो । त्यसपछि उनले अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाउँदै अदालतको आदेश पालना नगर्ने बताएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
