राष्ट्रिय समाचार

२४ घण्टाभित्र चार जिल्लामा चट्याङ, ६ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : बितेको २४ घण्टामा चार जिल्लामा चट्याङ पर्दा  ६ जनाको मृत्यु भएको छ। 

दाङ, दंगीशरण गाउँपालिका-६ बागर बस्ने ३२ वर्षीय समिर केसी र सोही गाउँपालिका-३ चखौरा बस्ने ३७ वर्षीय बिरेन्द्र भन्ने रामनारायण चौधरीको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ। आ-आफ्नै खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

बिज्ञापन

कास्की, पोखरा महानगरपालिका-२३ हर्पन बस्ने ४९ वर्षीय देब बहादुर विकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ।  आफ्नै घरको ढोका लगाउने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।   

बाग्लुङ, ढोरपाटन नगरपालिका-५ पाखापानी बस्ने चित्र बहादुर बिकको छोरा ६ वर्षीय दिनेश बिक र छोरी ९ वर्षीया सुनिता बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ।  

गुल्मी, मालिका गाउँपालिका-८ फल्लेनी बस्ने ४० वर्षीया बिष्णु बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ।  आफ्नै घरको आँगनमा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र रजस्थल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।