राजनीति

नागरिक उन्मुक्ति पार्टी एकीकृत र कोशी प्रदेश सरकारबीच वार्ता हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर । प्रदेशको नामकरणमा चित्त नबुझेपछि आन्दोलन गरिरहेको नागरिक उन्मुक्ति पार्टी एकीकृत र कोशी प्रदेश सरकारबीच आज वार्ता हुने भएको छ ।

नागरिक उन्मुक्ति पार्टी एकीकृतलाई वार्ताका लागि बोलाएको सरकारी वार्ता टोलीको संयोजक खानेपानी सिँचाइ तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्यांवोले बताए ।

बिज्ञापन

प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिमा नागरिक उन्मुक्ति पार्टी सहभागी छैन ।

समितिमा नभए पनि सो पार्टी पहिचानका आधारमा प्रदेशको नामकरण हुनु पर्ने माग सहित आन्दोलन गरिरहेको छ । आन्दोलनमा रहेकाले सो समूहसँग पनि वार्ता गर्न लागिएको मन्त्री मेन्यांवोले बताए ।

नागरिक उन्मुक्ति पार्टी एकीकृत आन्दोलन परिचालन समितिका संयोजक धनबहादुर पान्धाक लिम्बुले वार्ताका लागि आफूहरु तयार रहेको र सरकारले बोलाएकाले वार्तामा जान लागेको बताए ।

नागरिक उन्मुक्ति पार्टी एकीकृतमा केही महिना अघि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट फुटेर गएको समूह समेत रहेको छ ।

एक महिना अघि सो पार्टीका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङ सहित अधिकांश केन्द्रीय पदाधिकारीहरूले नागरिक उन्मुक्ति पार्टीसँग मञ्चको एकीकरण भएको दाबी गर्दै आएका छन् ।

पार्टीको वैधानिकता सम्बन्धी मुद्दा निर्वाचन आयोगमा चलिरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।