मेयरले बजेट नदिएपछि घाेराहीमा वडाध्यक्षले दिए राजीनामा

रुपन्देही । दाङको घोराही उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष जितेन्द्र शाहले बजेटमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।
उपमहानगरपालिकाको १३औं नगरसभामा राजीनामापत्र मेयर नरुलाल चौधरीलाई बुझाएर वडा अध्यक्ष शाह बाहिरिएका हुन् ।

आफ्नो वडामा बजेट नहालेकाले मेयरसँग असन्तुष्टि व्यक्त गर्दै वडाध्यक्ष शाहले राजीनामा दिएको बताइएको छ । मेयर चौधरी र वडाध्यक्ष शाह दुवै एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
आफ्नै पार्टीबाट निर्वाचित मेयरले वडामा बजेट नदिएपछि शाह राजीनामा दिने निष्कर्षमा पुगेको उनी निकट नेताहरुले बताएका छन् ।
यसअघिको बजेट ल्याउँदा पनि राजीनामा दिने घोषणा गरेका उनले यसपटक राजीनामा दिएरै छाडेका छन् । तर, उनले दिएको राजीनामा पत्रमा हस्ताक्षर भने गरेका छैनन् ।
उपमहानगरका प्रवक्ता राममणि पाण्डेले सबै वडाहरुमा समानुपातिक बजेट वितरण भएकाले सबैलाई मागेअनुसार बजेट नपुगेको बताए ।
राजीनामा दिएका शाहको स्वभाव त्यसैप्रकारको भएको र गत वर्ष पनि राजीनामा दिने भन्दै हिंडेको बताउँदै उनले नगरको वास्तविकता बुझाएर सल्लाह गरेर निकास निकालिने जानकारी दिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
