राष्ट्रिय समाचार

शुक्रवारदेखि पोखरामा मुख्यमन्त्रीहरूको सम्मेलन, प्रधानमन्त्री पनि सहभागी हुने

बिज्ञापन

पोखरा । सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन गण्डकी प्रदेशको पोखरामा शुक्रवारदेखि हुने भएको छ ।

बिज्ञापन

प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छलफल गर्न असार १५ र १६ गते सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन हुन लागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

‘ऐन कानुन प्रदेशलाई पर्याप्त छैन, केन्द्रले चलाइराखेको छ, सबै कुरा । ऐन, कानुनमा प्रदेशको अधिकारमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो,’ तिवारीले भनिन् ।

मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आउने प्रवक्ता तिवारीले बताइन् ।

यसअघि यो सम्मेलन जेठ १० मा गर्ने तय भएको थियो । तर, प्रधानमन्त्रीको व्यस्तताका कारण त्यतिबेला सम्मेलन स्थगित गरिएको थियो ।

अघिल्लो पटक अन्तिम समयमा सम्मेलन स्थगित गरिएको थियो, यसपालि पनि स्थगित त हुँदैन भन्ने प्रश्नमा सरकारका प्रवक्ता तिवारी भन्छिन्, ‘प्रधानमन्त्री ज्युले नै समय दिन्छु, सम्मेलन गर्नुस् भन्नुभएको छ, यसपालि स्थगित हुँदैन ।’

बिज्ञापन