राजनीति

समलिङ्गी विवाहमा सर्वोच्चको फैसला त्रुटीपूर्ण : कमल थापा

बिज्ञापन

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिङ्गी विवाहको बिपक्षमा उभिएका छन् । सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई अस्थायी मान्यता दिएको भोलीपल्ट सामाजिक सञ्जालमार्फत थापाले बिपक्षीमा प्रतिक्रिया दिएका हुन् ।

बिज्ञापन

‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ । समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ । विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो,’ उनले भनेका छन, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ ।’ 

बिज्ञापन