Sudur Pradesh News

कैलालीमा ३० प्रतिशत रोपाइँ सम्पन्न

बिज्ञापन

धनगढी, असार १५ गते । कैलालीमा यसवर्ष रोपाइँ अझै पनि न्यून रहेको छ । सिँचाइ असुविधाका कारण किसानले असार १५ सम्म थोरै रोपाइँ गरेका हुन् । जिल्लामा हालसम्म ३० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गतवर्ष यही समयमा आधासम्म रोपाइँ भइसकेको थियो । 

बिज्ञापन

तर यसवर्ष ढिलोगरी मनसुन लागेकाले किसानले धेरै रोपाइँ गर्न सकेका छैनन् । यसैगरी, नियमित वर्षा नहुँदा उनीहरूले बोरिङको भरमा सिँचाइ गरेर रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ । 

कृषि ज्ञान केन्द्रका अनुसार यो जिल्लामा ६९ हजार हेक्टर जमिनमा बर्खे धानबालीको खेती हुने गरेको छ । यसैबीच, आज असार १५ गते विभिन्न ठाउँमा राष्ट्रिय धान तथा रोपाइँ दिवस मनाइ रहँदा कृषकलाई भने हर्ष न बिस्मात भएको छ । सिँचाइको समस्या भोगिरहेका किसानले आवश्यकताअनुसार मल पाउन सकेका छैनन् । डीएपी मल नपाएपछि मलबिनै रोपाइँ गर्न बाध्य भएको उनीहरूको गुनासो छ ।

बिज्ञापन