खेलकुद

मलेसियालाई ८४ रनले हराउँदै नेपाल सेमिफाइनलमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। समूहका दुवै खेल जितेर नेपाल विजेताका रुपमा अन्तिम चारमा पुगेको हो।

नेपालले दोस्रो तथा अन्तिम खेलमा शुक्रबार मलेसियालाई ८४ रनले हरायो। पहिला ब्याटिङ गरेको नेपालले ३३-४ ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रन जोडेको थियो।

बिज्ञापन

नेपालका अशोक धामीले ५२ र सुर्यांसु कोइरालाले २९ रन जोडे। मलेसिया ३०.५ ओभरमा ९९ रनमा समेटियो। नेपालका अशोक धामीले १४ रन खर्चिएर ४ विकेट लिए। अभिषेक तिवारीले पनि ३ विकेट लिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।