राष्ट्रिय समाचार

कोशीमा मिलीजुली सरकार गठन गर्न प्रदेश प्रमुखले दिए ५ दिनको समय

बिज्ञापन

विराटनगर– कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठन गर्न ५ दिन समय दिएका छन् ।

बिज्ञापन

प्रमुख  खापुङले आइतबार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठन गर्न ५ दिन समय दिएका हुन् । 

उनले नेपाल सरकारको महान्यायधिवक्तासँग प्राप्त रायसमेतको आधारमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम कोशी प्रदेशसभामा कुनैपनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यलाई अषाढ २१ गते ५ बजेभित्र सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुख कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रमुखको सरकार गठनको आह्वानसँगै दलहरुले २१ असार ५ बजेसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ ।

शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । 

प्रमुख खापुङले शनिबार नेपालको संविधानको धारा १६९ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन् । 

बिज्ञापन