अर्थ

मोबाइल हराए वा नम्बर परिवर्तन भए तुरुन्त बैंकलाई जानकारी गराउनुस् : राष्ट्र बैंक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले यदि कसैको मोवाइल हराए वा चोरी भए अथवा नम्बर परिवर्तन भए तुरुन्त बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउँन आव्हान गरेको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तिय संस्थामा खाता खोली मोबाइल बैकिङ तथा इन्टरनेट बैकिङ जस्ता सेवा प्रयोग गर्दा फोन नम्बर प्रयोग हुने भएकाले मोबाइलसँगै खाताको रकम चोरी हुनसक्ने भन्दै सचेत गराएको हो ।

बिज्ञापन

‘यदि तपाइले कुनै कराणबस मोबाइल नम्बर परिवर्तन गर्नुभयो भने वा तपाइको पुरानो नम्बर अन्य व्यक्तिको हातमा आयो भने तपाइको खातासम्बन्धि विवरण अनधिकृत व्यक्तिको पहुँचमा पुग्न सक्ने जोखिम हुन्छ’,
केन्द्रीय बैंकले जारी गरेको सुचनामा भनिएको छ ।

त्यसैले मोवाइ हराएमा वा नम्बर परिवर्तन भएमा तुरुन्त सम्बन्धित बैंक तथा वित्तिय संस्थालाई जानकारी गराउने पर्ने हुन्छ । केन्द्रीय बैंकले मोबाइलमार्फत वित्तिय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको नम्बर वा आधिकारिक एप्लिकेशन प्रयोग गर्न भनेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।