स्वास्थ तथा सरसफाइ

राजविराजस्थित गजेन्द्रनारायण अस्पताल डुबानमा

बिज्ञापन

काठमाडौं । सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ । मंगलबार रातिबाट सप्तरीको राजविराजसहित जिल्लामा अत्यधिक वर्षा भइरहँदा अस्पताल डुबनामा परेको हो ।

बिज्ञापन

पानीको निकास नहुँदा अस्पताल क्षेत्रमा रहेको ओपिडी, एक्सरे, औषधि पसल र आवास डुबानमा परेको छ । जिल्लाका विभिन्न भूभाग डुबानमा परेको छ । अत्यधिक वर्षाका कारण सप्तकोशी नदीसहित अन्य नदीहरूमा बहाब बढेको छ । वर्षाको पानीको निकास नहुँदा ग्रामीण क्षेत्रका घरहरू डुबानमा परेका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले निरन्तर वर्षा भइरहेकाले होचो स्थानमा डुबान तथा बाढीको सम्भावना रहेकाले विशेष सर्तकता अपनाउन अनुरोध गरेको छ ।

बाढी तथा डुबानको कुनै घटना भए स्थानीय विपद व्यवस्थापन समिति वा नजिकको सुरक्षा युनिटलाई खबर गर्न समेत प्रशासनले आग्रह गरेको छ । निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाब बढ्न थालेको छ ।

बिज्ञापन