आस्था /आध्यात्म

सल्यानको सिगारिकोटमा भव्य सत्संग सम्पन्न

बिज्ञापन

सल्यान, २० असार । सल्यानको सिगारिकोटमा भव्य सत्संग सम्पन्न भएको छ । असार ९ गते सल्यानको छत्रेश्वरी गाउँ पालिका वडा नं. ३ सिगारिकोटमा अवस्थित नयाँ सत्संग भवनमा आयोजित सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले हाम्रो मनले चाहेको कुरा पूरा हुन सक्दैन तर सत्गुरुले चाहे जेपनि हुन सक्छ । त्यस्तै सन्त–भक्तहरुले चाहेका कुराहरु सत्गुरुले पूरा गरिदिन्छ किनभने भक्तको वशमा भगवान हुने गर्दछ । ब्रम्हज्ञान प्राप्ति बिना जीवन सार्थक हुन सक्दैन । संसारमा हामी पैसाले जेपनि किन्न सक्छौ तर यो ब्रम्हज्ञान केवल सत्गुरुको शरणमा आएर सेवा, सत्संग, सुमिरण गरेर मात्र प्राप्त गर्न सकिन्छ । सत्संग हरि, कथा यस युगमा दुर्लभ छ । आज हामीलाई घरमै बसेर सत्संग गर्ने ठुलो अवर मिलेको छ यो हाम्रो ठुलो भाग्य हो । ज्ञान न पाउनुभन्दा पहिले हामीले यस ज्ञानलाई पाउनको लागि अनेकौं ठाउँमा ठोकर खानु परयो तर सत्गुरुको कृपा हुँदा साक्षात्कार यसको दर्शन गर्ने हामीलाई सु–अवसर प्राप्त भयो । यो हामीमाथि सत्गुरुको कृपाको कारण नै हो, उहाँले बताउनु भयो ।

बिज्ञापन

उहाँले अगाडि भन्नुभयो कि ज्ञान न पाउनुभन्दा पहिले हामी परमात्मालाई केवल शब्दमा नै रटन गरिरहेका थियौं, धार्मिक ग्रन्थमा मात्र पढीरहेका थियौं, यो काम त ठग–ठाकुरले पनि गरिरहेका थिए तर आज सत्गुरुको कृपाबाट हामीलाई थाह भयौ कि जसको पूजा, जसको भक्ति गरिरहेका थियौं त्यसको जानकारी सत्गुरुले गराउनु भयो । चर्म–चछुले नदेखिने यस परमात्माको दर्शन गराउनुभयो । प्रभु–परमात्मा सर्वव्यापि छ, यो आत्मा सनातन हो, यो न जन्मन्छ, न मर्छ, यसलाई शास्त्रले काट्दा काट्न सकिदैन, आगोले जलाए जल्दैन, हावाले उडाए उड्दैन, पानीले भिजाए भिज्दैन । जुन ज्ञान वशिष्ट ऋषिले रामलाई दिनुभयो, श्रीकृष्णले अर्जुनलाई दिनुभयो, वष्टवक्रले राजा जनकलाई दिनुभयो, त्यही ज्ञान आज हामीलाई सत्गुरुले दिनुभएको छ । सत्गुरुले हामीलाई ज्ञान दिनको लागि कुनै जात, पात, पढाई–लेखाई, धनि–गरीब, सानो–ठूलो केहिपनि सोधेन तर पूरातन कालमा जतिपनि ऋषिमुनिहरु थिए उनीहरुको परिक्षा हुने गथ्र्यो तर हामीलाई कुनै परिक्षा नलिएर यो ज्ञान दिनुभयो, तर हामीलाई लागि रहेको छ कि यो सित्तैमा पाएका छौ, त्यसैले यसको कुनै कदर गरिरहेका छैनौ, यो कुरा हामीले बुझ्नु पर्ने छ कि यो अमूल्य .ज्ञान हो, यो बार–बार पाईदैन उहाँले सम्झाउनु भयो ।


मानवले भौतिक शरीरलाई चाहिने विभिन्न ठाउँमा घर बनाएको छ, कसैले आफ्नो देशभित्रै बनाएको छ भने कसैले विदेशमा पनि बनाएको छ तर आत्माको वास्तविक घर कुन हो भनेर मानवलाई थाह छैन, आज सत्गुरुको कृपाबाट थाह भयो कि यो निराकार–परमात्मा नै हाम्रो आत्माको सच्चा घर हो, यसै घरलाई हामीले प्राप्त गर्नु छ । जतिपनि भौतिक संरचना छन् ती सबै झूटा हुन, ती यहि रहने छन्, हामीसंग केहिपनि जाने छैन, खाली हात आएका थियौं, खाली हात लिएर नै संसारबाट विदा हुने छौ, केवल साथ यो परमात्मा नै जाने छ, यही नै हाम्रो मूल हो, यसै घरलाई हामीले स्थायी घर बनाउनु पर्छ, उहाँले बताउनु भयो ।

सत्संग कार्यक्रम सिगारिकोटको नव निर्माण भवनको उद्घाटनपछि संचालन गरिएको थियो जसमा सन्त निरंकारी मण्डलका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, केन्द्रीय सदस्य दल बहादुर राना, तुलसीपुर (दाङ्गी) सत्संग भवनकी मुखी शारदा जि.सी., गायक तेज बोहरा, हर्क बहादुर पुन, दिन बहादुर जि.सी., ऋषिराम पुन, महेश्वर, चन्द्रा के.सी., भारती दाङ्गी, बिना दाङ्गी, सिगारिकोट सत्संग भवनका इंचार्ज रुपलाल गिरी, सन्त निरंकारी मासिक पत्रिकाका सम्पादक पूर्ण कुमालले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन राजन रेग्मीले गर्नुभएको थियो ।

बिज्ञापन