आस्था /आध्यात्म

सत्गुरुको दरबारमा कुनै कुराको कमि छैन– नर बहादुर रावल (अध्यक्ष, स.नि.मं. नेपाल)

बिज्ञापन

काठमाडौं, १० बैशाख । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले काठमाडौमा आयोजित विशाल सत्संग समारोहलाई सम्बोधित गर्दै सत्गुरुको दरबारमा कुनै कुराको कमि छैन बताउनु भएको छ ।

बिज्ञापन

उहाँले भन्नुभयो– ‘सत्गुरुको दरबारमा कुनै कुराको कमि छैन, कमि छ भने हामीमा रहेको छ । हामीले लिन सके यससंग अपार खजनाहरु रहेका छन् तर कमी त हामीमा छ जस्तै पानीको लागि धारामा भाँडो थाप्छौ तर त्यसमा छेद छ भने पानी त्यसमा अट्दैन चुहेर जान्छ, त्यस्तै प्रकारले हाम्रो मन–भावना सफा छैन भने हामीलाई कदापि सुख–आनन्द प्राप्त हुँदैन । त्यसैले हाम्रो ह्दय सफा भएपछि हामी सुखी–आनन्दित हुन्छौ । प्रदुषण भित्र होस वा बाहिर दुबै हानिकार हुन्छ । बाहिरी प्रदुषणलाई सरसफाई गरेर त्यसलाई हटाउन सकिन्छ तर भित्री प्रदुषणलाई सफा गर्ने माध्ये भनेको ज्ञान हो । यो ज्ञान हामीलाई प्राप्त भएको छ यसभन्दा ठुलो अरु कुनै ज्ञान छैन ।’

निरंकारी मिशनको विशेषता अनेकतामा एकता रहेको छ । निरंकारी मिशनको इतिहासलाई स्मरण गर्दै उहाँले भन्नुभयो– ‘१९७१ मा कानपुरबाट उग्रवादीहरुले मिशनका योद्धाहरुलाई आक्रमण गर्न शुरु गरे । यो आक्रमणको जालो पंजाब, चण्डिगढ, हरियाणा, दिल्ली लगायत अनेकौं ठाउँहरुमा फैलियो जहाँ धेरै महात्माहरु बलिदानी भए । मिशनको हित नचाहनेहरुले यस्तो योजना बनाए की उनीहरुलाई थाह थियोकि बाबा गुरबचन सिंह जीलाई सजिलै मार्न सकिदैन चारैतिर भारत सरकार र निरंकारी सेवादलहरुले पहरा दिरहेका छन् त्यसको लागि उनीहरुले योजना अनुसार एउटा मान्छे जो काठ मिस्त्री थियो त्यसलाई निरंकारी बनाएर मिशनमा पठाए । पछि उसले ज्ञान पनि लियो । मिशनमा उसले देख्योकि यहाँ डाक्टर, इन्जिनियर, कलाकार, सरकारी ओहदाका रिटायर कर्मचारी लगायत अनेकौं मान्छेहरु यहाँ आएर सेवा गरिरहेकाछन्, मैले पनि आफ्नो कला देखाउनु पर्छ भनेर काम गर्न थाल्यो । जहिलेपनि बाबा गुरबचन सिंह जीलाई नमस्कारी गर्दा भन्नेगथ्र्यो कि मेरो माँगलाई पूरा गरिदिनुहोस, यस्तो सुनेर बाबा जी भन्नुहुन्थ्यो तिम्रो माँग एकदिन अवश्य पूरा हुनेछ, तिमी सेवा, सत्संग, सिमरण गर्दै जाउँ तिम्रो माँग अवश्य पूरा हुनेछ । उसले आफ्नो माँगको प्रतिक्षा गरिरहेको थियो, दुई वर्ष बित्यो सन् २४ अप्रेल १९८० का दिन दिल्लीको पहाडगंजमा बाबा गुरबचन सिंह जीको सानिन्ध्यमा विशाल खुला कार्यक्रम राखिएको थियो, यसको सूचना एक हप्ता पहिले नै बाबा जीको हजूरीमा विशाल सत्संग हुनेछ त्यसमा सबै सन्त–भक्तहरुलाई आमन्त्रित गरिएको छ भनिएको थियो । सबै सन्त–महापुरुषहरु उत्साहित थिएकि हामी बाबा जीको सात दिनपछि खुल्ला दर्शन पाउने छौ भनेर तर त्यस मान्छेको भने अर्कै सोच थियो जब त्यस दिन त्यसले बिहानै बाबा गुरबचन सिंह जीको चरणमा भेटी राखेर दर्शन गरयो र भन्यो बाबा जी मेरो माँग पूरा गरिदिनुहोस, त्यस दिन बाबा जीले भन्नुभयोकि तिम्रो माँग आज अवश्य पूरा हुनेछ । ऊ सत्संगको कार्यक्रममा सेवा गर्न थाल्यो, सत्संग साँझ ६.०० बजे देखि ९.०० बजेसम्म राखिएको थियो । सबै सन्त–भक्त पहाडगंजको सत्संगतिर आउन थाले भने त्यो मान्छेले योजना बनाएर दिल्लीको कोठीमा दुई निवास रहेका छन् एउटा यात्री निवास र अर्को गुरबचन निवास । त्यस मान्छेले गुरबचन निवासको पछाडिबाट विहानै सिढी लगाएर झ्यालका शिशा निकालेर दुईटा बन्दुक भित्र ल्याउने योजना बनाई रहेको थियो, त्यसै क्रममा झ्यालको शिशा निकाल्दा देखेर महापुरुषहरुले सोध्द्धा के गरिरहेका छौभन्दा उसले भन्योकि झ्यालको शिशा फुटेको थियो त्यसको मर्मत गरिरहेको बतायो । त्यसबाट कसैलाई शंका भएन । उसले कोहि नभएको मौका छोपेर बन्दुक भित्र्यो जब बाबा जी साँझ अबेर सत्संग गरेर फर्कीनुभयो र गाडीबाट ओर्लिन लाग्दा माथिबाट उसले बाबा जीमाथि गोली चलायो, त्यो देखेर चाचा प्रताप सिंहले तुरुन्त गएर बाबा जीलाई अंगालो मार्नुभयो, गोली उनलाई पनि लाग्यो उनी त्यही ढले तर बाबा जी भने केहिबेरसम्म बाँच्नुभयो । त्यसै समयमा राजमाता जी आएर चरण पर्नुभयो र भन्नुभयो कि यो जिम्मेवारी कसलाई दिन चाहनु हुन्छ त्यो दिएर जानुहोस नत्रभने जान पाइने छैन । सम्पूर्ण वातावरण शोकाकूल डुबेको छ तर माता जीले त्यस्तो शब्द निकाल्नुभयो । बाबा जीले भन्नुभयो– ‘भोला’ । त्यसबेला भोला बाबा हरदेव सिंह जीको नाम थियो । बाबा हरदेव सिंह जी पनि त्यतिबेला सेवामा समर्पित हुनुहुन्थ्यो । सत्संगमा गएर फोटोग्राफी गर्नुहुन्थ्यो । उहाँ कम बोल्नुहुन्थ्यो, कहिल्यै प्रबचन गर्नुभएको थिएन, महापुरुषहरुले अनुरोध गरेको खण्ड दुई–चार लाईन भजन गाउने गर्नुहुन्थ्यो । २४, २५, २६ अप्रेलसम्म बाबा गुरबचन सिंह जीको पार्थिव शरीरलाई अवतार पार्कमा राखियो, उनलाई श्रद्धाञ्जली दिन संसारबाट सन्त–भक्तहरु आए । २७ अप्रेलका दिन अन्त्येष्टीपछि साँझ वृहत श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो । श्रद्धाञ्जली कार्यक्रममा सन्तहरुबाट बदलाको भावहरु आए । आतंकारीहरुको मनसाय रहेको थियोकि बाबा गुरबचन सिंह जीलाई मारेपछि यस मिसनलाई समाप्त गर्न सकिन्छ भन्ने उनीहरुको भ्रम रहेको थियो तर त्यो सपना उनीहरुको कहिल्यै पूरा हुन सकेन उल्टै निरंकारी मिशन तिब्र रुपमा पूरा संसारमा फैलियो । त्यस श्रद्धाञ्जली कार्यक्रममा बाबा हरदेव सिंह जीले भन्नुभयो कि मेरो बाबा जीसंग गुरु र पिताको नाता छ, दुःख सबभन्दा मलाई हुनुपर्ने थियो तर बाबा गुरबचन सिंह जीले हामीलाई बदला लिन कतै सिकाउनुभएन, परहितभन्दा ठुलो धर्म अरु केहिपनि छैन, जो अरुलाई दुःख दिन्छ त्यसभन्दा ठुलो पाप अरु केहिपनि छैन, सबैलाई परोपकारको नै भावना सिकाउनुभयो, बदला लिन कतै सिकाउनुभएन । यदि हजुर सबै सन्त–महापुरुषहरु यहाँ उहाँलाई सच्चा श्रद्धाञ्जली दिन आउनुभएको छ भने ‘रगत नालीमा होइन, नाडीमा बगाउऔं’ यस कार्यलाई हामीले गर्नु पर्ने छ । यसरी १९८६ बाट निरंकारी मिशनले विश्व व्यापि रुपमा रक्तदान शिविर तथा मानव एकता दिवसको आयोजना गर्दै आएको छ’, उहाँले बताउनुभयो ।

भर्खरै नयाँ सत्संग भवनको निर्माण गरिएको छ यसको रेखदेख गर्न स्थानीय सन्त–महापुरुषहरुलाई आग्रह गर्दै उहाँले भन्नुभयोकि सबै बाल, युवा सबै सन्त मिलेर यस भवनको सुरक्षा गर्दै भवन बनाएर मात्र केहि हुँदैन जस्तै पूजा गर्ने भक्त छैनभने मन्दिर बनाएर के काम भने जस्तै हामी सबै भगत हौ, बढीभन्दा बढी सन्तहरुलाई जोडेर यस भवनको अरु शोभा बढाउँदै जान आग्रह गर्नुभयो ।

सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डलका उपाध्यक्ष कृष्ण पन्थ, प्रचार प्रमुख देवराज रिमाल, केन्द्रीय सदस्य दल बहादुर राना, सल्लाहकार श्रीराम काफ्ले, क्षेत्रीय संचालक बाबुराम महर्जन, स्थानीय सत्संग भवन मुखी मनोज गोपाली, बाबुकाजी महर्जन, नेपाल राष्ट्र बैंकका अधिकृत पदमराज रेग्मी, ध्रुब बि.क., ध्रव अधिकारी, ललित थापा, मञ्जु न्यौपाने, गायक तेज बहादुर बोहरा, अजुर्न, दर्शन, रोशन टमट्टा, संतोष, बिरेन्द्र चौधरी, विश्वश्वरी, विमिशा, दिपिका र मंगलीले आ–आफ्नो भाव राखेका थिए । उक्त अवसरमा रक्तदान शिविरको पनि आयोजना गरिएको थियो जसमा ११७ यूनिट ब्लोड संकलन गरिएको थियो । सत्संगको कार्यक्रमको संचालन केन्द्रिय सचिव अनिल महर्जनले गरेका थिए ।

बिज्ञापन