Sudur Pradesh News

धनगढीमा एक महिलासहित दुई जना मृत्य भेटिए

बिज्ञापन

धनगढीः कैलाललीको धनगढीमा एक महिला र एक पुरुष मृत्य भेटिएका छन्। कैलाली प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा २६ वर्षीया गंगा भट्ट र २८ वर्षिय तोयनाथ ओझा मृत भेटिएका हुन्। 

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दका अनुसार तारानगरमा डेरा गरी बस्ने गंगा झुण्डिएको अवस्थामा बेहोस भेटिएपछि उनका श्रीमानले सेती प्रादेशिक अस्पताल पुगाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–९ घर भएर धनगढीमा श्रीमानसँगै बस्दै आएकी थिइन्। उनका दुई जना छोराछोरी छन्। तोयनाथ पनि आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

ओझालाई मृत भेटाएपछि प्रहरीलाई खबर गरिएको थियो। मृत भेटिएका भट्ट र ओझाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। दुवै जना मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

बिज्ञापन