ओलीको दाबी- ललिता निवासको छानबिन स्टन्टबाजीमात्र हो, दोषी पर्ने यही गठबन्धनका मान्छे हुन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको जग्गा सम्बन्धी छानबिन आफ्नो नेतृत्वको सरकारले गरेको भन्दै यस प्रकरणमा अहिलेको सत्ता गठबन्धका नेताहरु तानिने बताएका छन् ।
स्ववियु काउन्सिल नेपालको भेलालाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अहिले सरकारले गरिरहेको छानबिन आफू हिरो बन्नका लागि गरिएको स्टन्टबाजीमात्र भएको दाबी गरे ।

ओलीले भने- ललिता निवासको जग्गाको छानबिन जुन भनिएको छ त्यो आफू हिरो बन्ने स्टन्टमात्र हो । यसमा गठबन्धनकै मान्छे पर्ने हुन् । हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो, धनीपुर्जा हेरेर किन्यो होला, सबै प्रक्रिया पुर्यायो होला । अहिले मानौं एमालेकै कोही मान्छे यसमा छ जस्तो प्रचार गरिरहेका छन् । ललिता निवासको दोषी को को हुन् ? कहिलेबाट जफत गरिएका जमिन कांग्रेसीहरुलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पारोस् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
