सन्दीप र दीपेन्द्रले एसीसी इमर्जिङ टिम्स कप गुमाउने

काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स कपमा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सहभागी नहुने भएका छन् ।
क्यानडामा आयोजना हुने व्यवसायिक क्रिकेट प्रतियोगिता ग्लोबल टी-२० मा सहभागी हुन लागेका सन्दीप र दीपेन्द्रले राष्ट्रिय टोली खेल्ने प्रतियोगिता गुमाउन लागेका हुन् ।

एसीसी इमर्जिङ टिम्स कपमा नेपालको समूहमा भारत ए, पाकिस्तान ए र यूएई छन् । अर्को समूहमा अफगानिस्तान ए, बंगलादेश ए, श्रीलंका ए र ओमान रहेका छन् ।
नेपालले पहिलो खेल जुलाई १७ मा पाकिस्तानसँग खेल्नेछ । नेपाली क्रिकेट टीम विश्वकप छनोट खेलेर शुक्रबार स्वदेश फर्किएको छ । इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोलीको घोषणा हुन बाँकी छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
