राजनीति

गगन-विश्वले पार्टी मुख्यालयमा राखेको बैठकमा जब जिल्ला सभापतिहरुले खोजे देउवा

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको जिल्ला सभापतिहरुको दुईदिने बैठक सकिएको छ । बैठकमा १४ वुँदे आन्तरिक प्रतिवद्धतासहित बैठक सकिएको कांग्रेस का.वा. मुख्यसचिव डा. प्रदीप पराजुलीले बताए ।

बिज्ञापन

महामन्त्रीद्वयले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेको उनले बताए ।

तर, पार्टीका महामन्त्रीद्वयले पार्टी मुख्यालयमा दुई दिने सभापतिहरुको भेला गराउँदा समेत सभापति शेरबहादुर देउवा देखिएनन् । पछिल्लो समय पार्टी सभापति देउवाविरुद्ध महामन्त्रीद्वय आक्रमक रुपमा प्रस्तुत भइरहेका छन् ।

देउवाबाट पार्टी नचल्ने भन्दै उनीहरुले विशेष अधिवेशन माग गर्ने रणनीतिसमेत अख्तियार गरिरहेका छन् । देउवाले पार्टीभित्रका आन्तरिक विवादलाई छन्नको लागि पार्टी केन्द्रीय समिति बैठक समेत एक बर्षपछि बोलाएका छन् । यद्यपी, पार्टी विधान अनुसार दुई-दुई महिनामा बस्नुपर्ने व्यवस्था छ ।

देउवाको नेतृत्वमा पार्टी शिथिल भएको संगठनहरुले सक्रियतापूर्वक काम गर्न नसकेको निष्कर्षसहित महामन्त्री थापा तल्लो तहमा जाँदैछन् ।

बैठकमा पार्टीलाई जिल्लादेखि वडासम्म कसरी सुदृढ गर्न सकिन्छ भनेर गरिएको छलफल भएको चितवन जिल्ला सभापति राजेश्वर खनालले बताए ।

उनले भने, ‘पार्टी केन्द्रीय समितिले गरेको कतिपय निर्णय जिल्लामा कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन भएका कुराहरुलाई समय तोकेर सक्ने । जिल्ला सम्मेलनहरु बेलैमा गर्ने, पार्टीमा जे खालको समस्या आइरहेका छन् । ती समस्याहरुलाई सुदृढ गर्ने विश्वासको साथ अगाडि बढाउनुपर्छ भन्ने निष्कर्ष निकालेका छौं ।’

उनले पार्टी मुख्यालयमा भएकै बैठकमा पार्टी सभापति पनि आइदिएको भए हुन्थ्यो भन्ने कुरा सभापतिहरुले उठाएको उनले बताए ।

उनले थपे, ‘तर, महामन्त्रीद्वय नै भएपछि पार्टी केन्द्रीय कार्यालय सञ्चालन गर्ने कुरा हो । क्रियाशिल सदस्यलाई कसरी डिजिटल सिस्टमबाट केन्द्रित गरेर हुने भन्ने विषयमै छलफल भएको हो । सभापति उहाँहरुको सल्लाहमै उहाँको निर्देशनमै बैठकको सुरुमै राख्नुभएको थियो ।’

त्यसो त महामन्त्री शर्माले पनि पार्टी देउवालाई जानकारी गराएरै जिल्ला सभापतिहरुको भेला गरिएको बताए । उनले सञ्चारकर्मीहरुसँग भने, ‘विधानअनुसार नै भेला बोलाइएका हौं । महामन्त्रीहरुले नबोलाउँदा किन नगर्ने भनियो अहिले विधानले दिएको व्यवस्था अनुसार बोलाउन किन बोलाएको भनिँदैछ ।’

जिल्ला सभापतिहरुको भेला पार्टी सभापतिलाई जानकारी नदिइकन गरियो भन्ने कुरा बेकारको भएको उनको तर्क छ ।
त्यसो त कतिपय सभापतिहरुले महामन्त्रीद्वयको भूमिकाप्रति पनि आलोचना गरेको थिए ।

सभापतिले बैठक राख्न अटेर गरिरहेको बेलामा महामन्त्रीहरुले अहिलेको परिस्थितीअनुसार दबाबमा आएर हस्तक्षेप गर्न थालेको कतिपयको टिप्पणी छ ।

बिज्ञापन