राष्ट्रिय समाचार

नेपाली भाषामा लेख्दै मोदीले दिए प्रधानमन्त्रीपत्नी सीतालाई श्रद्धाञ्जलि

बिज्ञापन

काठमाडौँ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जलि दिएका छन् ।

बिज्ञापन

मोदीले सीताको निधनले आफू मर्माहत भएको बताएका छन् ।

‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु ।  प्रचण्डजीप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु,’ उनले नेपाली भाषामा ट्विट गरेका छन् ।

प्रधानमन्त्रीपत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको हो । 

बिज्ञापन