Sudur Pradesh News

नागरिक उन्मुक्तिका प्रमुख सचेतकले भने- बजेटले शीर ठाडो हुन दिएन, संशोधन गरियोस्

बिज्ञापन

कैलाली । सुदूरपश्चिम प्रदेशमा बजेट माथिको छलफल गर्दै नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक खुसीराम चौधरीले बजेट संशोधनको माग गरेका छन् ।

बिज्ञापन

प्रदेश सभा बैठकमा उनले बजेट लज्जास्पद आएको हुँदा शिर ठाडो गरेर हिँड्न पनि समस्या भएको हुँदा संशोधनको माग गरेको बताएका हुन् ।

उनले नीति तथा कार्यक्रम राम्रो भए पनि बजेट भने यथार्थपरक आउन नसकेको टिप्पणी गरे ।

उनले भने, ‘यो बजेट गलत छ । बस्तुवादी छैन । यथार्थपरक बजेट छैन । बजेटले लज्जास्पद स्थिति बनाएको छ । शिर ठासो बनाएर हिँड्ने अवस्था छैन । संशोधन गरियोस् ।’

उनले नीति तथा कार्यक्रममा कमैयाका छोरा छोरीलाई एमबिबिएस सम्म अध्ययन गराउने नीति लिए पनि बजेटमा भने त्यो उल्लेख नगरेको भन्दै विरोध जनाए ।

आफ्नो निर्वाचन क्षेत्रमा रहेका प्रादेशिक अस्पतालको अवस्था बारे पनि सरकार गम्भीर नभएको उनको गुनासो थियो ।

सरकारको प्राथमिकतामा कृषि क्षेत्र नपरेको भन्दै चौधरीले कृषि, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता बनाउन र त्यसमा बजेट थप गर्न माग गरे ।

‘पहिलो प्राथमिकता कृषि, शिक्षा र स्वास्थ्य हो । यी मन्त्रालयहरूमा बजेट बढाउन सुझाव दिन्छु’ उनले भने ।

बिज्ञापन