अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौंमा

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन् । उनी केही बेरअघि त्रिभुवन विमानस्थल ओर्लिएका हुन् ।
अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आएका हुन् हो । लूले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि उनले भेट्ने छन् ।
अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग लूको भेटघाटको कार्यक्रमसमेत तयार भएको छ । अमेरिकी सहायक विदेशमन्त्री लूको नेपालका लागि यो तेस्रो भ्रमण हो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
