बजेट पारित गर्न ‘सांसद विकास कोष’ को रकम बढाउने सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रस्ताव

कैलाली । सत्ता गठबन्धनकै सांसदहरूले बजेटको विरोध गरेपछि सरकारले ल्याएको बजेट पारित हुन सकस परिरहेको बेला मुख्यमन्त्री कमलबहादुर शाहले छलफल थालेका छन् ।
शुक्रबार बिहान निवासमा गठबन्धन दलका प्रतिनिधिबीच छलफल भएको छ ।

छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री समेत सहभागी थिए । माओवादी संसदीय दलका नेता र नागरिक उन्मुक्ति संसदीय दलका नेता समेतको सहभागितामा मुख्यमन्त्री शाहले बजेट पारित गर्न सहयोग गर्न आग्रह गरेका थिए । उनले त्यसका लागि सांसदहरूको गुनासो सम्बोधन गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । त्यसका लागि पूर्वाधार विकास कार्यक्रमको रकम बढाउने सम्मका प्रस्ताव राखेको स्रोतको भनाइ छ ।
अहिले प्रदेश पूर्वाधार विकास कार्यक्रममा ३२ निर्वाचन क्षेत्रका लागि ३ करोडका दरले प्रदेश सरकारले ९६ करोड बजेट विनियोजन गरेको थियो । मुख्यमन्त्री शाहले उक्त रकम बढाउन सक्ने सांसदहरूलाई आश्वासन दिएका थिए ।
उक्त विषयमा भने कुनै सहमति भएको छैन । अहिले ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । त्यसपछि थप छलफल गर्ने गरी बैठक सकिएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
