दुई नाबालक नातिमाथि हजुरबुबाको निर्घात कुटपिट, एकको मृत्यु अर्का गम्भीर घाइते

कैलाली । बैतडीमा हजुरबुबाले आफ्नै नाबालक नातिको हत्या गरेका छन् । पुर्चौडी नगरपालिका-६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदले कुटाइबाट नाति २ वर्षीय रेशम साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । अर्का ८ वर्षका नाति रिजनको अवस्था गम्भीर छ ।
कुटपिटबाट गम्भीर घाइते रेशमको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको इन्स्पेक्टर लोकराज जोशीले बताए । घाइते अर्का नाति रिजनलाई थप उपचारका लागि धनगढी लगिएको छ । उनको नवजीवन अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

बुबा धनगढीमा रहेको बेला हेरचाह गर्न हजुरबुबाको जिम्मा लगाएर बालकका आमा र हजुरआमा घाँस काट्न गएका थिए । त्यही बेला हजुरबुबाले निर्घात कुटपिट गरेको साथै टाउकोमा चोट लागेको बताइएको छ । कुटपिटको कारण भने खुलेको छैन ।
हजुरबा गणेशलाई प्रहरीले पक्राउ गरेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
