राष्ट्रिय समाचार

बर्दीमा टिकटक बनाउने २०८ प्रहरी कारबाहीमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल प्रहरीको पोसाक लगाएर टिकटक भिडियो् बनाउने २०८ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने २०८ कर्मचारीलाई कारबाही गरेको हो ।

बिज्ञापन

डिआइजी एवम् प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार २०७७/७८ मा ८२ जना, २०७८/७९ मा ३० जना र २०७९÷८० मा ९६ जना प्रहरी कारबाहीमा परेका हुन् ।

२०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो ।

तर, तीन वर्षसम्म पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग नरोकिएपछि हेडक्वार्टरले कारबाही थालेको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।