राष्ट्रिय समाचार

सप्तकोशी नदीमा ट्रक खस्यो 

बिज्ञापन

काठमाडौँ– सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलबाट ट्रक नदीमा खसेको  छ ।

बिज्ञापन

आज बिहान ७ः४० बजेतिर बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो ।

नदीमा खसेको ट्रक बेपत्ता भएको प्रहरीले जनाएको छ । यद्यपि, प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गर्न सफल भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा ठोक्किएर दुर्घटना भएको थियो ।

बिज्ञापन