कृषि

रासायनिक मल पर्याप्त मौज्दात रहेको सरकारको भनाइ

बिज्ञापन

काठमाडौं, असार २९ गते । सरकारसँग ५९ हजार चार सय ९२ टन रासायनिक मल मौज्दात छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार अहिलेसम्म सरकारसँग युरिया ४६ हजार ४५३ टन, डीएपी १२ हजार ९६८ टन र पोटास ७१ टन रासायनिक मल मौज्दात छ । 

बिज्ञापन

जसमध्ये कृषि सामग्री लिमिटेडसँग २९ हजार ५८९ टन र साल्ट ट्रेडिङ कम्पनीसँग २९ हजार ९०३ टन मल मौज्दात छ । यसपालि कृषकलाई धानबाली लगाउँदा रासायनिक मलको अभाव झेल्नु नपरोस् भनेर सरकारले मलको मौज्दात र वितरण प्रणालीमा ध्यान दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार यस वर्ष अधिकांश स्थानमा रोपाइँ गर्ने बेला सुरु भएकाले मलको अभाव हुन नदिन वितरण र मौज्दातलाई विशेष ध्यान दिइएको छ । चालु  आर्थिक वर्ष २०७९-८० मा सरकारले अहिलेसँगम्म गत आर्थिक वर्ष २०७८ -७९ को मौज्दातसमेत गरेर तीन लाख ३१ हजार १८ टन मल बिक्री गरेको छ । 

बिज्ञापन