बिश्व

महिला सैनिकको पीडाः हातमा एके ४७ तर साथमा छैन स्यानिटरी प्याड

बिज्ञापन

एजेन्सी । युद्ध कौशल र रणनीतिका विज्ञहरू भन्छन्– युद्ध श्रोतले होइन, साहसले लडिन्छ । यो पटक रुस–युक्रेन सीमामा उभिएका महिला सैनिकले अप्ठ्यारो परिस्थितिको सामना गर्नुका साथै शत्रुलाई मुहम्मे जवाफ दिइरहेका छन् ।

बिज्ञापन

युक्रेनीका महिला सैनिकहरूले रुसी आक्रमणबाट देशको रक्षा गर्दा स्रोतसाधनको चरम अभावको सामना गरिरहेका छन् ।
उनीहरुले आफ्नो कठिन अवस्थाको बारेमा केहि पत्रकारलाई जानकारी दिँदै स्रोतको अभाव हुदाँ पनि आफ्नो मनोबल तोड्न नसकेको बताएका छन् ।

यहासम्म कि महिला सैनिकको पोसाक पनि उनीहरुको साइजभन्दा निकै ठूलो छ । ‘डेली वेस्टमा प्रकाशित रिपोर्टका अनुसार युक्रेनका हजारौं महिला सैनिक रुसविरुद्ध जारी युद्धको बीचमा बहादुरीका साथ लडिरहेका छन् । यी महिला सैनिकहरूसँग उनीहरूको सही साइजको वर्दी पनि छैन । युक्रेनको सशस्त्र बलमा करिब ६० हजार महिला तैनाथ छन् ।

यस रिर्पोट अनुसार धेरै महिला सैनिकलाई उद्धृत गर्दै सेनामा महिला स्रोतको व्यापक अभाव रहेको उल्लेख गरिएको छ । यस्तो अवस्थाले युक्रेनका सैन्य स्वयंसेवीहरूको चिन्ता थपिएको छ ।

महिला सैनिकका अन्य चिन्ताको बारेमा कुरा गर्दा नराम्रो पोशाक बाहेक उनीहरूसँग राम्रो गुणस्तरको जुत्तासमेत छैन । कतिपय महिलाले पुरुष सिपाहीको बडी आर्मर प्रयोग गर्नुपर्ने हुन्छ । सही साइजको जुत्ता नहुँदा उनी आवश्यक पर्दा छिटो दौडिन पनि सक्दैनन् ।

महिला सैनिकहरुले महिनामा केही दिन रासन समेत नपाएको बताएका छन् । उनीहरुलाई औषधि र सेनेटरी प्याडको पनि अभाव छ । उनीहरु युद्धको मैदानमा आफ्नो हेरचाह गर्न असमर्थ छन् । उनीहरु स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याबाट गुज्रिरहेका छन् । माइनस तापक्रम भएको जङ्गलमा शौचालय जाने व्यवस्था नभएको जुलिया नामका एक महिला सैनिकले बताएका छन् ।

महिला सैनिकहरूले सिस्टिटिस र ढाड दुख्ने समस्याको सबैभन्दा बढी सामना गर्नु परिरहेको छ । यस्तो कठिन परिस्थितिमा पनि देशको रक्षा गर्ने यो भावनाले युक्रेनको महिला शक्तिको बल देखाएको छ । उनीहरुको कठिनाइको कथा सञ्चारमाध्यममा प्रकाशित भएपछि मानिसहरुले उनीहरुको साहसलाई सलाम गरिरहेका छन् ।

बिज्ञापन