राष्ट्रिय समाचार

विमानस्थलबाटै फर्काइयो कुवेत जान लागेका ३७ नेपाली श्रमिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – शुक्रवार पौने ११ बजे कुवेत रोजगारीका लागि जान लागेका ३७ जना नेपाली कामदारलाई पुन : विमानस्थलबाटै फर्काइएकाे छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले २७ गते फर्काएका १ सय १७ कामदारमध्ये ३७ जनालाई हिजो फेरि फर्काएको हो ।

बिज्ञापन

फकाईएका ३७ जना कामदारहरुलाई कम्पनीहरुले फेरि टिकट काटेर पठाउन लागेको थियो। तर अध्यागमन उनीहरूले पेश गरेको कागजात शंकास्पद लागेकाे भन्दै फर्काएकाे छ।

निरकमल एचआर मेनपावर कम्पनीमार्फत जजिरा एयरलाइन्सबाट जान लागेका ११ जना र सलाम एयरबाट ४ जना जान लागेका थिए । युथ मेनपावरमार्फत जजिराबाट १३ जना र सलाम एयरबाट ९ जना कतार जान लागेका थिए ।

२८ गते अध्यागमन एयरपोर्टबाट फर्काएको कामदारलाई पुनः टिकट काटेर पठाएकोमा रातिको सलाम र जजिरा एअरबाट कुबेत लागि गएका कामदार लाइ एउटा पत्र थमाएर यात्रा अनुमति नदिइ फर्काइएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

सबै प्रक्रिया पूरा गरेपनि श्रमिकलाई कर्मचारीले दुख दिने नियतले गन्तव्य मुलुक जान नदिएको भन्दै वैदेशिक राेजगार व्यावसायीले भने सरकारकाे विराेध जनाइरहेकाे छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।