स्वास्थ तथा सरसफाइ

गर्भवती महिलाले धेरै मोबाइल चलाउनु बच्चाका लागि खतरा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं: महिलाका लागि आमा बन्नु सुन्दर अनुभूति हो तर यो यात्रा धेरै गाह्रो छ। गर्भावस्थाका समयमा महिलाले आफ्नो स्वास्थ्यको निकै ख्याल गर्नुपर्ने हुन्छ।  किनभने थोरै लापरबाहीले बच्चालाई पनि असर गर्छ।

उचित खानपान, नियमित व्यायाम र डाक्टरको फलोअपसँगै गर्भवती महिला फोनबाट पनि टाढा रहनुपर्छ। गर्भावस्थामा मोबाइल फोनको प्रयोगले गर्भमा रहेको बच्चाको विकासमा नराम्रो असर पार्नसक्छ। 

बिज्ञापन

मोमजङ्क्सनमा प्रकाशित प्रतिवेदनअनुसार ‘येल स्कुल अफ मेडिसिन’मा गरिएको अनुसन्धानले गर्भवती महिलाले अत्यधिक मोबाइल चलाउने गरेमा मोबाइलमा हुने रेडिएसनले बच्चा जन्मिएपछि जीवनभर व्यवहारसम्बन्धी समस्याबाट गुज्रनुपर्ने देखाएको छ।

 बच्चाहरू बाल्यकालदेखि नै अति सक्रिय हुन सक्छन्। र तिनीहरूको व्यवहार पनि अन्य बच्चाहरूको तुलनामा बढी उत्तेजित हुन सक्छ। यो विशेष गरी गर्भावस्थाको २ र १८ हप्ताको बीचमा मोबाइल चलाउनु हानिकारक हुन्छ। 

मोबाइलबाट विद्युत चुम्बकीय विकिरण उत्सर्जन हुन्छ। यी तरङ्गले शरीरको डीएनएलाई हानी पुर्याउनसक्छ र हाम्रो शरीरमा बनेका जीवित कोशिकाका अणुहरूलाई परिवर्तन गर्नसक्छ। जुन आमाको पेटका हुर्किरहेको बच्चाका लागि धेरै खतरनाक सावित हुनसक्छ।

लामो समयसम्मको विकिरणले मस्तिष्कमा असर पर्नसक्छ। निद्राको बानीमा बाधा पुग्न सक्छ। यसले थकान, चिन्ता जस्ता समस्या निम्त्याउनसक्छ। यसले स्मरणशक्तिमा पनि असर पार्न सक्छ।

डेनमार्कमा गरिएको एक अध्ययनले सुत्केरी अघि र पछि स्मार्टफोनको बढी प्रयोग गर्ने महिलाबाट जनिमएका  बालबालिकामा हाइपरएक्टिभिटी र व्यवहारसम्बन्धी समस्या देखिएको जनाएको थियो।

गर्भवती महिलाहरु कसरी मोबाइलबाट टाढा रहने ?

मोबाइलमा कुरा गर्नुको सट्टा म्यासेजमा कुरा गर्नुहोस् ।
गर्भावस्थाको समयमा धेरै सामाजिक मिडिया स्क्रोल नगर्नुहोस्।
यदि तपाई फोनमा कुरा गर्न चाहानुहुन्छ भने ‘ह्यान्ड्स फ्री’ गरेरमात्र कुरा गर्नुहोस् ताकि शरीर नजिकको विकिरण कम गर्न सकियोस्।
समय बिताउन मोबाइलको सट्टा किताब पढ्नुहोस् वा केही कुरा बुन्नुहोस्
फोन सधैँ साथमा नराख्नुहोस्।
फोनमा सिरियल वा चलचित्र हेर्नुको सट्टा टिभीमा मात्र हेर्नुहोस।
राति सुत्दा फोन सिरानीमुनि राखेर सुत्नु हुँदैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।