राष्ट्रिय समाचार

विमानस्थलबाटै फर्काइयो कुवेत जान लागेका ३७ नेपाली श्रमिक

बिज्ञापन

काठमाडौं – शुक्रवार पौने ११ बजे कुवेत रोजगारीका लागि जान लागेका ३७ जना नेपाली कामदारलाई पुन : विमानस्थलबाटै फर्काइएकाे छ।

बिज्ञापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले २७ गते फर्काएका १ सय १७ कामदारमध्ये ३७ जनालाई हिजो फेरि फर्काएको हो ।

फकाईएका ३७ जना कामदारहरुलाई कम्पनीहरुले फेरि टिकट काटेर पठाउन लागेको थियो। तर अध्यागमन उनीहरूले पेश गरेको कागजात शंकास्पद लागेकाे भन्दै फर्काएकाे छ।

निरकमल एचआर मेनपावर कम्पनीमार्फत जजिरा एयरलाइन्सबाट जान लागेका ११ जना र सलाम एयरबाट ४ जना जान लागेका थिए । युथ मेनपावरमार्फत जजिराबाट १३ जना र सलाम एयरबाट ९ जना कतार जान लागेका थिए ।

२८ गते अध्यागमन एयरपोर्टबाट फर्काएको कामदारलाई पुनः टिकट काटेर पठाएकोमा रातिको सलाम र जजिरा एअरबाट कुबेत लागि गएका कामदार लाइ एउटा पत्र थमाएर यात्रा अनुमति नदिइ फर्काइएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

सबै प्रक्रिया पूरा गरेपनि श्रमिकलाई कर्मचारीले दुख दिने नियतले गन्तव्य मुलुक जान नदिएको भन्दै वैदेशिक राेजगार व्यावसायीले भने सरकारकाे विराेध जनाइरहेकाे छन्।

बिज्ञापन