राजनीति

एमाले केन्द्रीय प्रचार विभागमा ११ सदस्य मनोनीत

बिज्ञापन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय प्रचार विभागमा ११ जना सदस्य मनोनीत भएका छन् । केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले प्रचार विभाग र संसदीय विभागमा सदस्य मनोनयन गरेको हो ।

बिज्ञापन

एमाले संसदीय विभागको प्रमुखमा पृथ्वीसुब्बा गुरुङ छन् भने प्रचार विभाग प्रमुख राजेन्द्र गौतम छन् । मनोनीत भएका सदस्यहरूको विवरण अन्तर पार्टी निर्देशनमा पठाइने भन्दै सार्वजनिक गरिएको छैन ।
एमाले स्रोतका अनुसार प्रचार विभाग सदस्यमा डा. महेन्द्र विष्ट, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, लीलालराज भट्टराई थपिएका छन् ।

त्यस्तै एलबी शेख, रामकृष्ण ज्ञवाली, शेरबहादुर केसी, दीपक ज्ञवाली, सूर्यमणि गौतम, हेमन्त पौडेल र अक्षरी पोखरेल पनि विभागमा सदस्य मनोनीत भएको एक नेताले बताए ।

यसअघि निर्मला शर्मा, गणेश बस्नेत, उजिर मगर, टीका विष्ट, प्रमोद दाहाल, चेतन अधिकारी र रोशन खड्का विभागमा सदस्य थिए भने गगन विष्ट सचिव छन् ।

बिज्ञापन