अर्थ

बैंकहरूले सार्वजनिक गरे ब्याजदर, कसको कति ?

बिज्ञापन

काठमाडौं । सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न वाणिज्य बैंकहरूले साउन १ देखि लागू हुनेगरी नयाँ व्याजदर प्रकाशित गरेका छन् ।

बिज्ञापन

गत विहिबार बाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स एसोसिएसनले व्याजदरमा लगाउँदै आएको भद्र सहमति खारेज गर्ने निर्णय गरेसँगै बैंकहरूले नयाँ व्याजदर सार्वजनिक गरेका हुन् । साउन महिनाका लागि सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् भने २ वटा बैंकले भने बढाएका छन् ।

साउनमा अधिकांश बैंकहरुले ब्याजदर घटाए पनि नबिल बैंक र प्राइम बैंकले भने बढाउने निर्णय गरेका हुन् । साउनमा बैंकको निक्षेपको ब्याजदर घटबढ गरेपनि कर्जाको ब्याजदर सबै बैंकले घटाएका छन् । अधिकांश बैंकहरुको आधार दर समेत घट्दो क्रममा छ ।

कर्जामा सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंकमा रहेको देखिन्छ । बैंकहरुले आधार दरमा प्रिमियम जोड्ने भएकाले राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ८.२४ प्रतिशतमा झरेको छ । साथै, बैंकले १.५ प्रतिशतसम्म प्रिमियम लिने बताएको छ ।
अधिकांश बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम लिने बताएका छन् । सोही अनुसार बैंकहरुको कर्जाको ब्याजदर निर्धारण हुनेछ ।

नबिल बैंकले साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशत र रेमिट्यान्स खातामा भने ८.९० प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, बैंकले संस्थागततर्फ ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ १०.४९ प्रतिशतसम्म ब्याजदर तोकेको हो । उसले रेमिट्यान्स बचत खातामा ११.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, प्राइम कमर्सियल बैंकले पनि साउनमा ब्याजदर बढाउने निर्णय गरेको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ५.९३ प्रतिशतदेखि अधिकतम ७.९३ प्रतिशत र रेमिट्यान्स खातामा ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, मुद्दति निक्षेपमा संस्थागततर्फ ८.९३ प्रतिशत, ब्यक्तिगततर्फ १०.९३ प्रतिशत र रेमिट्यान्स खातामा १२.५० प्रतिशत ब्याजदर तोकेको बैंकले जनाएको छ ।

यता राष्ट्रिय वाणिज्य बैंकले साउनमा ब्याजदर घटाएको छ । बैंकले साधारण बचत खातामा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.४५ प्रतिशतसम्म ब्याजदर तोकेको जनाएको छ । साथै, बैंकले साउनमा रेमिट्यान्स खातामा भने ७.४५ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । बैंकले संस्थागततर्फ न्यूनतम ५.९५ प्रतिशतदेखि ६.९५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ ।

ब्यक्तिगततर्फ ७.९५ प्रतिशतदेखि ८.९५ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा ९.९५ प्रतिशत ब्याजदर तोकिएको बैंकले जनाएको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकले बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर दिने जनाएको छ । उसले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत, ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र रेमिट्यान्स खातामा भने ११.९९ प्रतिशत ब्याजदर दिने छ ।

त्यस्तै, माछापुच्छ्रे बैंकले बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.८५ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले कर्मशील खाता र रेमिट्यान्स बचत खातामा ७.८५ प्रतिशत, मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत, ब्यक्तिगततर्फ ९ प्रतिशत र रेमिट्यान्स खातामा १० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, प्रभु बैंकले बचत खातामा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.२५ प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

एभरेष्ट बैंकले बचत खातामा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ७.७५ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागततर्फ ७.५० प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, लक्ष्मी सनराइज बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोक्ने जनाएको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर दिने छ ।

नेपाल एसबिआई बैंकले सबै बचत खातामा ६.४० प्रतिशत ब्याजदर तोकेको छ भने मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.१० प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर दिने छ ।

यस्तै, एनएमबि बैंकले बचत खातामा न्यूनतम ५.९८ प्रतिशतदेखि अधिकतम ८.९८ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.७५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । रेमिट्यान्स बचत खातामा १०.९८ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

हिमालयन बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

कुमारी बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.५१ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंकले बचत खातामा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ७.६६ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९क प्रतिशतसम्म ब्याजदर दिने निर्णय गरेको छ ।

यता कृषि विकास बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.५१ प्रतिशत र ब्यक्तिगततर्फ ९.५१ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.५१ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

बिज्ञापन