राष्ट्रिय समाचार

अध्यक्ष कुट्ने गाउँपालिका उपाध्यक्ष दुई दिनदेखि प्रहरी नियन्त्रणमा

बिज्ञापन

काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पालिका अध्यक्ष दानबहादुर बुढालाई कार्यकक्षमै थप्पड र चप्पल प्रहार गरेकाे आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

आर्थिक वर्षको बजेट कार्यपालिकाबाट पारित गराउन छलफल चल्दै गर्दा एक्कासि हातपात गरेको उजुरीपछि भण्डारी आफैं प्रहरीको सम्पर्कमा पुगेका थिए । उनलाई अहिले पनि प्रहरी नियन्त्रणमा राखिएको गाउँपालिकाका प्रवक्ता अर्जुनकुमार महताराले जानकारी दिए ।

कार्यालय समय सकिएकोले आइतबार जाहेरी दर्ता हुन सकेन । सोमबार बिदा परेकोले मंगलबार कार्यालय खुल्नेबित्तिकै जाहेरी दर्ता हुने डीएसपी प्रह्लाद कार्कीले जानकारी दिए ।

अध्यक्ष बुढाले बजेट निर्माणदेखि पालिकामा भइरहेका कामकारबाही चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै उपाध्यक्ष भण्डारीले आफूमाथि हातपात गरेको बताए ।

अध्यक्ष बुढाले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकार खोसेको भन्दै उपाध्यक्ष भण्डारीले आलोचना गर्दै आएका छन् ।

बिज्ञापन