राष्ट्रिय समाचार

सुन प्रकरणको अनुसन्धान गम्भिरतापूर्वक अगाडि बढाउँछौं : गृहमन्त्री

बिज्ञापन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका हुन् ।  

बिज्ञापन

अनुसन्धानलाई गम्भिरतापूर्वक अगाडि बढाउने उनले बताए । ‘अनुसन्धानको बारेमा यो घटना घटे पनि, नघटे पनि जुन घटना हुन्छ । हाम्रो स्टयाण्डबाई निर्देशन छ । प्रधानमन्त्रीको पनि स्टयाण्डबाई निर्देशन छ । जुनसुकै निकायले गर्नुपर्ने भए पनि, जुनसुकै घटना भए पनि निर्दोष नफसून,’ उनले भने ।

 यस्तै उनले सुरक्षा निकायका पूर्व अधिकारीहरुसँग अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा पनि छलफल गरेका छन् ।

बिज्ञापन