बिश्व

रेलको ठक्करबाट दुर्लभ प्रजातिको सिंह मर्याे

बिज्ञापन

नयाँदिल्ली । भारतको पश्चिमी प्रान्त गुजरातमा रेलले ठक्कर दिँदा दुर्लभ प्रजातिको एउटा सिंहको मृत्यु भएको छ भने अर्को एक गम्भीर घाइते भएको छ ।

बिज्ञापन

राज्यको अम्रेली जिल्लास्थित पिपाभाव बन्दरगाह नजिक शुक्रबार झिसमिसेमा मालबाहक रेलले ती सिंहलाई ठक्कर दिएको रेल विभागका एक जना कर्मचारीले बताए ।

रेलमार्गबाट हिँडिरहेका सिंहको बथानमा एउटा मारिएको र एउटा घाइते भएको उनले बताए । मरेको र घाइते दुवै भाले हुन् ।

दुई वटा पोथी भने सुरक्षित रुपमा रेलमार्गबाट निस्केका थिए । सिंहको बथान देख्नेवित्तिकै रेलका चालकले ब्रेक लगाएका थिए । निरन्तरको वर्षा र टाढैबाट वन्यजन्तुको आवागमन स्पष्ट देख्न नसक्दा उक्त दुर्घना भएको हो । घाइते सिंहको स्थानीय चिडियाखानामा उपचार भइरहेको छ ।

बिज्ञापन