बिश्व

सीसँग भेटपछि बाइडेनको प्रतिक्रिया- उनी ‘तानाशाह’ नै हुन्

बिज्ञापन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपति सी चिनफिङ ‘तानाशाह’ भएको आरोप लगाएका छन् ।

बिज्ञापन

एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सीसँग क्यालिफोर्नियामा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा बाइडेनले पुन एकपटक सी तानाशाह भएको आरोप लगाएका हुन् ।

बाइडेनले यसअघि गत जुनमा पनि सी तानाशाह भएको आरोप लगाएका थिए । बाइडेनले भने, ‘उनी यस अर्थमा तानाशाह हुन् कि उनले यस्तो देशको सत्ता सम्हालेका छन्, त्यो कम्युनिस्ट देश हो, जसको सरकार हाम्रोभन्दा पूर्णतया फरक प्रणालीमा आधारित छ ।’

बिज्ञापन