राष्ट्रिय समाचार

सिन्धुली कारागारमा एक कैदीको मृत्यु

बिज्ञापन

काठमाडौं । जिल्ला कारागार सिन्धुलीमा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० घर भएका ३० वर्षीय विमल मगर रहेका छन् ।

बिज्ञापन

बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएका थिए ।

बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । उनको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ ।

स्कुलको गाडी चालक विमल सवारी ज्यान मुद्दामा भदौ २२ गते पक्राउ परेका थिए । सिन्धुली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन