राष्ट्रिय समाचार

भ्रष्टाचारको छानबिन भइरहेका बेला दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा

बिज्ञापन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।

बिज्ञापन

उनीमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा मन्त्रालय, अख्तियार र संसदीय समितिले छानबिन गरिरहेका छन् । एमडीएमएस, टेरामक्सलगायतका अर्बौंका परियोजनामा भ्रष्टाचार गरेकोमा छानबिन भइरहेको बेला उनले राजीनामा दिएका हुन् ।

खनालले मंगलबार सञ्चारमन्त्री रेखा शर्मासमक्ष बुधबारदेखि लागू हुने गरी राजीनामापत्र बुझाएको मन्त्रालय स्रोतले बतायो । प्राधिकरण स्रोतका अनुसार उनी आजैबाट बिदाबारी भएर हिँडेका छन् । खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो ।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले उनलाई २०७६ साउन ६ मा ५ वर्षका लागि नियुक्ति गरेको थियो ।

बिज्ञापन