राष्ट्रिय समाचार

महिलाको मृत्यु भएपछि बिरामी छोडेर भागे अस्पतालका डाक्टर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि धनुषाको रामानन्दचोकस्थित जनकपुर सुरक्षा अस्पतालका डाक्टर बिरामी छोडेर भागेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका– १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको पाठेघरको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो। मृतक महिलाको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको छ । पाठेघरमा घाउ भएपछि गत बुधबार उनलाई अस्पताल ल्याइएको थियो । तर, उपचारको क्रममा साहको शुक्रबार मृत्यु भएको हो ।

बिज्ञापन

उक्त घटनापछि चिकित्सकहरू अस्पताल छाडेर भागेको र अस्पतालका बिरामीलाई पनि अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले अस्पताल प्रशासनले भएका बिरामीलाई अन्यत्रै सारेर डाक्टरहरू भागेको जानकारी दिएका छन् । घटनाबारे थप छानविन भइरहेको उनकाे भनाई छ ।

साहको मृत्युपश्चात् चिकित्सक तथा अस्पतालका स्वास्थ्यकर्मीले एम्बुलेन्समा राखेर उनको शव अन्यत्र लैजाने कोशिश गरेको थिए। सोही क्रममा मृतकका आफन्तहरूले अस्पताल घेराउ गरेर प्रर्दशन गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।