विषालु च्याउ खाँदा एक जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । डडेल्धुरामा जङ्गली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ।
बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–७ बस्ने वर्ष ५० की राम दुलारी थारुको मृत्यु भएको हो।
बिज्ञापन

गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा मजदुरको काम गर्दै आएका थारुको विषालु च्याउ खाँदा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
च्याउ खाएर बिरामी परेकी उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
