घटना

नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जनकपुर । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।

गएराति ८ बजेतिर मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई दुई राउन्ड गोली प्रहार गरी भागेका थिए । उनको घटनास्थलमानै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । ती महिला नेपाली हुन कि भारतीय भन्नेबारे पहिचान खुलेको छैन ।

बिज्ञापन

घटना दशगजा पारी भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए । नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।