राजनीति

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने एमालेको निर्णय

बिज्ञापन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवैध सुन प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो । साथै, गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने समेत निर्णय गरेको छ ।

बिज्ञापन

बैठकपछि एमालेका एक नेताले अवैध सुन बरामद प्रकरण्मा गृहमन्त्रीको राजीनामा माग्ने निर्णय भएको बताएका हुन् । ‘सुन प्रकरणमा गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने, छानबिनको माग गर्ने, जवाफ माग्ने निर्णय भएको छ’ ती नेताले भने, ‘सकेसम्म नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो पार्टीले निर्णय गरेको छ ।

यस्तै, एमाले नेता रघुजी पन्तले एक क्विन्टल सुन अवैधरुपमा आयात गर्ने कम्पनीले यसअघि पनि पटक–पटक सामान ल्याएको देखिएको उल्लेख गर्दै त्यसबारे पनि छानबिन हुनुुपर्ने बताए । बैठकपछि उनले भने, ‘कसले सुन ल्याएको हो दोषी पत्ता लगाउनुपर्ने र कानुनी कारबाही गर्नुपर्ने आफ्नो पार्टीको निर्णय भएको छ ।’ गृहमन्त्रीको जवाफ कस्तो आउँछ त्यस आधारमा एमालेले थप कदम चाल्ने उनको भनाइ छ ।

बिज्ञापन