राष्ट्रिय समाचार

गृहमन्त्रीले सुन प्रकरणबारे जवाफ दिनुपर्छ : राप्रपा

बिज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो पटक बरामत गरिएको एक सय किलो सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदलाई जवाफ दिनुपर्ने बताएको छ ।

बिज्ञापन

प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीले सुन प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने र नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेको बेला राप्रपाले भने उक्त प्रकरणमाथि सही छानबिन आवश्यक रहेको बताएको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले राजीनामा होइन, सही ढंगले छानबिन गरेर अगाडि जानुपर्ने बताए । उनले भने ‘हामी संसदमा सुन प्रकरणबारे जानकारी माग गर्दछौं । गृहमन्त्रीको जवाफ माग्छौं ।’ प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

बिज्ञापन