राष्ट्रिय समाचार

धरानमा निषेधाज्ञा अन्त्य, स्थिति सामान्य

बिज्ञापन

काठमाडौं । खुलेआम गौहत्या र त्यसको विरोधमा गरिएको आन्दोलनले तनावपूर्ण बनेको धरान आज सामान्य अवस्थामा फर्किएको छ । जिल्ला प्रशासन कार्यालयले हिजो जारी गरेको निषेधाज्ञालाई आज निरन्तरता दिएन ।

बिज्ञापन

गौहत्यामा संलग्नहरूलाई कारबाही माग गर्दै हिजो देशका विभिन्न भागबाट हिन्दू धर्मावलम्बीहरूले शान्तिपूर्ण र्‍याली निकालेका थिए । र्‍यालीका क्रममा कुनै पनि अप्रिय स्थितिको सिर्जना नभएपछि प्रहरी–प्रशासनले सन्तोषको सास फेरेका छन् ।

सुनसरीकी प्रजिअ हुमकला पाण्डेले आज स्थिति शान्तिपूर्ण रहेको बताइन् ।

नेपाल प्रेससँग कुरा गर्दै उनले भनिन्, ‘निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने परिस्थिति छैन । आज सबै सामान्य अवस्थामा फर्किएको छ ।’

धरानमा आएका प्रदर्शनकारीहरू हिजो दिनभरिको प्रदर्शनपछि फर्किएका छन् । आज बिहानैदेखि आवागमन सुचारु भएको छ । सुरक्षा निकायहरू भने सतर्क अवस्थामा छन् ।

यता प्रहरीले गौहत्यामा संलग्नहरूमाथि अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । उनीहरूलाई चाँडै पक्राउ गरी मुद्दा दायर गरिने प्रजिअ पाण्डेले बताएकी छन् ।

बिज्ञापन