राष्ट्रिय समाचार

स्वर्गीय गिरिको पार्थिव शरीर साढे २ घण्टा पार्टी कार्यालयमा राखिने, त्यसपछि पशुपतिमा अन्तिम संस्कार

बिज्ञापन

काठमाडाैं | शनिबार राति निधन भएका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन बहादुर विश्वकर्माले शनिबार राति जारी गरेको शोक वक्तव्यमा आइतबार श्रद्धाञ्जली कार्यक्रम सकिएपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने उल्लेख छ । 

बिज्ञापन

उनका अनुसार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने छ ।  त्यसपछि बिहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिने छ । साढे २ घण्टा पार्थिव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने विश्वकर्माले जानकारी दिए । 

गिरिको उपचारको क्रममा आइतबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो ।  उनको निधनप्रति काँग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । 

यस  दुःखको यस घडीमा संसदीय दलले शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेको छ ।

बिज्ञापन