राजनीति

गगन थापाले तिरे जरिवाना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं- ४ का प्रतिनिधिसभा सदस्य गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् ।

निर्वाचन आयोगले चुनाव खर्च विवरण बुझाएर सार्वजनिक नगरेको भन्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारलाई १५ हजार जरिवाना तोकेको थियो ।

बिज्ञापन

थापाल बुधबार सामाजिक सञ्जालमार्फत आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराएका छन् । आफूले आयोगमा २०७९ मंसिर २५ गते नै खर्च विवरण बुझाएको र त्यो विवरण सार्वजनिक पनि गरेको तर सार्वजनिक गरेको जानकारी आयोगलाई गराउनुपर्छ भन्ने थाहा नभएको थापाले बताएकाछन् ।

‘अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु’ थापाले फेसबुकमा भनेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।