सिक्किममा महिला कर्मचारीले १ वर्ष प्रसूति विदा पाउने

मुम्बइ । भारतको उत्तर पुर्विय राज्य सिक्किाममा महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा दिने भएको छ ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले बुधबार सरकारले सिक्किमका महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा घोषणा गरेका हुन् ।

सिक्किमको स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसनको वार्षिक बैठकमा सम्बोधन गर्दै मख्यमन्त्री तामाङले यस्तो घोषणा गरेका हुन् । श्रीमती सुत्केरी भएका पुरूष कर्मचारीले पनि एक महिना बिदा पाउने छन् ।
समाचार एजेन्सी पिटिआईका अनुसार नयाँ बिदा लागु गर्न सेवा कानुनमा संशोधन गरिनेछ । सरकारी कर्मचारीलाई आफ्ना बच्चा र परिवारको राम्रो हेरचाह गर्न मद्दत पुग्ने हेतुले सो विदको व्यवस्था गरेको उनले बताए ।
मातृत्व लाभ अधिनियम १९६१ अनुसार महिला कर्मचारीले ६ महिना प्रसूति बिदा पाउँछन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
